सेफ्टी ट्यांकीमा डुबेर २ जना बालबालिकाको मृत्यु

Share this
646shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २६, बिहीबार १८:५७

विराटनगर । ताप्लेजुङको मैवाखोलामा निर्माणाधीन विद्यालयको सेफ्टी ट्यांकीमा जमेको पानीमा डुबेर २ जना बालबालिकाको मृत्यु भएको छ ।

मैवाखोला गाउँपालिका–३ साँघुस्थित नारायणी माध्यमिक विद्यालयको निर्माणाधीन सेफ्टी ट्याङ्कीमा जमेको पानीमा डुबेर सोही गाउँपालिकाका मौसम लिम्बू र याङजुम शेर्पाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्यालय बन्द भएको बेला खेल्न गएका उनीहरू सेफ्टी ट्यांकीमा डुबेको अवस्थामा स्थानीयले फेला पारे उद्दार गरिए पनि बचाउन नसकिएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बिहीबार पोस्टमार्टम गरेपछि शवलाई आफन्तको जिम्मा लगाएर घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.