आन्दोलनमा भएका अराजक गतिविधिको फोटो र भिडियो प्रहरीले माग्यो 

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २७, शुक्रबार १८:५२
आन्दोलनमा भएका अराजक गतिविधिको फोटो र भिडियो प्रहरीले माग्यो

काठमाडौं ।  जेनजी आन्दोलनका क्रममा भएका अराजक गतिविधिबारेका फोटो र भिडियो नेपाल प्रहरीले माग गरेको छ। प्रहरीले घटनाको छानबिनका लागि फोटो र भिडियो मागेको हो ।

देशभर भदौ २३ र २४ गते भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास सिर्जना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर, भिडियो  उपलब्ध गराई सहयोग गर्न प्रहरीले अपिल गरेको छ ।

घटनाका सूचना, विभिन्न सामाजिक सञ्जालका लिंक, फोटो र भिडियो पठाई सहयोग गर्नेको गोपनीयता कायम राख्ने प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.