
काठमाडौं । नेपाली कांग्रेससहित तीन ठूला दल संसद विघटनको पक्षमा उभिएका छन् ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरिसकेका छन् ।
संदन विघटनको विपक्षमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले वक्तब्य जारी गरेको थियो ।
शनिबार नेपाली कांग्रेस पनि विघटनको विपक्षमा उभिएको हो ।
कांग्रेसले संसद विघटनलाई असंवैधानिक कदम भनेको छ । जेनजी आन्दोलनको माग पनि सम्बोधन हुने र निर्णय संविधानसम्मत पनि हुँदा सर्वस्वीकार्य हुने अवस्था रहँदारहँदै संविधान विपरित निर्णय भएको कांग्रेसले जनाएको छ ।
संसद विघटन संविधानको परिकल्पना र सर्वोच्च अदालतको व्याख्या विपरीत रहेको कांग्रेसको निष्कर्ष छ ।
बैठकका निर्णयमा भनिएको छ,‘संविधान सम्मत विल्कुल छैन । यो कदमले एकातर्फ लोकतान्त्रिक उपलब्धि धरापमा पारेको छ अर्कातर्फ जेनजी आन्दोलनको भावना र मर्मले मृत्यवरण गर्ने त होइन भन्ने आशंका उत्पन्न भएको छ ।’
























