मन्त्रिपरिषद्‌ विस्तारका लागि छलफल गर्दै प्रधानमन्त्री

Share this
658shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ २८, शनिबार १४:५८

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आन्तरिक छलफल सुरु गरेकी छन् ।

आफू नेतृत्वको मन्त्रिपरिषद्‌ विस्तारका लागि उनले छलफल गरिरहेकी हुन् । छलफल गरेर सम्भावित मन्त्रीहरुको नाम शनिबार नै टुंगो लगाउने तयारी रहेको स्रोतले बतायो ।

नामावली टुंगो लागेपछि आइतबार मन्त्रिपरिषद्‌ विस्तार गर्ने तयारी छ । मन्त्रिपरिषद्‌ विस्तारको तयारीका लागि प्रधानमन्त्री कार्की आफ्ना सहयोगीहरूसँग छलफलमा रहेको बताइएको छ ।

पूर्वप्रधान न्यायाधीश कार्की अन्तरिम सरकारको प्रधानमन्त्री पदमा शुक्रबार राति नियुक्त भएकी थिइन् । नियुक्त भएको केही समयपछि नै उनले पद तथा गोपनीयताको शपथग्रहण गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.