मन्त्री भएबापत अतिरिक्त सुविधा लिन्न : रामेश्वर खनाल

Share this
639shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३०, सोमबार १०:४०

काठमाडौं । अर्थमन्त्री बन्ने तयारीमा रहेका डा. रामेश्वर खनालले मन्त्री भएबापतको अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन् ।

उनी सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा छन् । खनालले निजी सुरक्षा गार्ड (अंगरक्षक) र सवारीसाधनलगायतका सुविधा नलिने घोषणा गरेका हुन् । उक्त सुविधा नलिने सर्तमै उनले मन्त्री पद स्वीकार गरेको स्रोतले बतायो ।

तलब भने लिने बताएका छन् । नामका अगाडि माननीय पनि नलेख्ने सर्त उनको थियो । खनालले तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार रहँदा पनि सरकारी सेवा सुविधा लिएका थिएनन् ।

खनाल केही समयअघि सरकारी खर्च कटौतीबारे सुझाव दिने समितिको नेतृत्वमा थिए । सार्वजनिक प्रशासन सुधार र मितव्ययी खर्चको वकालत गर्दै आएका खनाल इमान्दार छवि बनाएका नेपाल सरकारका पूर्वसचिव हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.