शीलत निवासको खण्डहर बाहिर पाल टाँगेर मन्त्रीहरूको शपथग्रहण

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ भदौ ३०, सोमबार १२:३४

काठमाडौं । शीतल निवासको भवन जेनजी आन्दोलनका क्रममा भएको आगजनीपछि खण्डहर बनेको छ । सोही कारण सोमबार नवनियुक्त मन्त्रीहरूको शपथग्रहण त्यही खण्डहर परिसरमा पाल टाँगेर गरिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले अर्थमन्त्री रामेश्वर खनाल, उर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । गत शुक्रबार प्रधानमन्त्री कार्की स्वयंले राष्ट्रपति निवासभित्रै शपथ लिएकी थिइन् ।

तर, सोमबारको शपथग्रहण कार्यक्रम विशेष व्यवस्थापन गर्दै खण्डहर भइसकेको शीतल निवास कार्यालयको परिसरमै पाल टाँगेर आयोजना गरिएको हो । शपथ कार्यक्रममा सरकारी निकायका प्रमुखहरू, कूटनीतिक नियोगका प्रतिनिधिहरू र अन्य विशिष्ट व्यक्तिहरू सहभागी थिए ।

नवनियुक्त मन्त्रीहरूमध्ये कुलमान घिसिङलाई ३ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ओमप्रकाश अर्याललाई २ मन्त्रालयको जिम्मेवारी दिइएको छ । जेनजी आन्दोलनले सरकारी संरचना, निवास भवनदेखि कार्यालयसम्म ध्वस्त पारेपछि राज्य सञ्चालनमा असहजता बढेको छ ।

यस्तो परिस्थितिमा शपथग्रहण कार्यक्रम खण्डहर परिसरमै सम्पन्न हुनुलाई नेपालको पछिल्लो अस्थिरताको ज्वलन्त उदाहरणका रूपमा लिइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.