
काठमाडौं । नेकपा एमालेको पार्टी कार्यालय निरीक्षणका लागि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का पुगेका छन् । जेनजी आन्दोलनका क्रममा आगजनीले ध्वस्त भएको कार्यालयको उपसभापति खड्काले बुधबार दिउँसो निरीक्षण गरेका हुन् ।
भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा प्रदर्शनकारीले एमाले पार्टी कार्यालय तोडफोड गर्दै आगजनी गरेका थिए ।
उपसभापति खड्का ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयको निरीक्षणमा गएका थिए ।
























