एमालेले गरेकाे कार्यक्रममा देखिएनन् ओली

Share this
654shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ३, शुक्रबार ०९:२६

काठमाडौं । नेकपा एमालेले संविधान दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् । केन्द्रीय कार्यालय च्यासलमा आयाेजित कार्यक्रममा ओली अनुपस्थित भएका हुन् ।

महासचिव शंकर पोख्रेलले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले गरेकी छन्  । प्रमुख वक्ता बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल छन् ।

जेनजी युवा आन्दोलनपछि सरकारको नेतृत्व छाड्न बाध्य भएका ओली बिहीबार सेनाकाे व्यारेकबाट फर्किएपनि औपचारिक कार्यक्रममा सहभागी भएका छैनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.