डा. शेखर कोइरालाद्वारा आगोले ध्वस्त बनाएको कोइराला निवासको अवलोकन (फोटो फिचर)

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ४, शनिबार १५:३६
डा. शेखर कोइरालाद्वारा आगोले ध्वस्त बनाएको कोइराला निवासको अवलोकन (फोटो फिचर)

विराटनगर । जेनजी आन्दोलनको नाममा अराजक समूहले आगजनी एवं तोडफोड गरेर खरानी बनाएको कोइराला निवासको शनिबार डा. शेखर कोइरालाले अवलोकन गरेका छन्  ।

ध्वस्त घरमा उभिएर उनी भावुक बनेका थिए  । आफ्नो बाल्यकाल र लोकतान्त्रिक आन्दोलनको सम्झना गर्दै डा. कोइरालाले भने, ‘यो घर केवल मेरो होइन, लोकतन्त्रकै धरोहर हो  । खरानी भयो, तर यहीँबाट फेरि उठ्नेछौँ ।’

उनले पार्टीभित्रको बहसभन्दा निर्वाचनलाई प्राथमिकता दिनुपर्ने औंल्याउँदै युवापुस्ताको असन्तोष आत्मसात गर्दै लोकतन्त्र र संविधानको पालना गरेर अघि बढ्नुपर्नेमा जोड दिए  । खरानीबीच उभिएर व्यक्त उनका शब्दले लोकतन्त्रको ज्योति कहिल्यै निभ्दैन भन्ने सन्देश दिएको छ  ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.