महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्न इच्छुक

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ५, आइतबार ११:५७

काठमाडौं । आविष्कार केन्द्रमार्फत विज्ञान, अनुसन्धान र प्रविधिको विकासमा सक्रिय रहेका महावीर पुन अन्तरिम सरकारमा मन्त्री बन्न इच्छुक देखिएका छन् ।

सरकारले विभिन्न क्षेत्रका विज्ञहरूलाई मन्त्री बन्न आग्रह गरिरहेको अवस्थामा पुनले विज्ञान तथा प्रविधि मन्त्रालयको नेतृत्व गर्न इच्छा व्यक्त गरेका हुन् । हाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय एउटै संरचनामा रहेकाले पुनको चाहना अनुसार विज्ञान प्रविधि छुट्टै मन्त्रालय बनाएर त्यसको जिम्मेवारी दिनुपर्ने देखिन्छ ।

आविष्कार र अनुसन्धानलाई नीति तहमा सशक्त बनाउनुपर्ने उनको धारणा रहँदै आएको छ । पुनले यसअघि पनि नेपालमा नवप्रवर्तनलाई राज्यको प्राथमिकतामा राख्न नसकिएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए ।

अन्तरिम सरकारलाई पूर्णता दिन प्रधानमन्त्री सुशीला कार्कीले विज्ञ, पूर्वप्रशासक र विभिन्न आन्दोलनकारी पक्षका प्रतिनिधिलाई समेत समेट्ने तयारी गरिरहेका बेला पुनको इच्छा देखिनुलाई महत्त्वपूर्ण मानिएको छ । अहिले मन्त्रिपरिषदलाई सानो आकारमै सीमित गर्ने प्रयास भइरहेको छ भने विभिन्न समूहले आफ्ना माग अघि सारेकाले प्रधानमन्त्री कार्कीमाथि दबाब पनि बढेको छ ।

यसैबीच, स्वास्थ्यमन्त्री बन्न आग्रह गरिएका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले भने आफू इच्छुक नभएको प्रस्ट पारेका छन् । उनी अहिले बाल अस्पताल निर्माण अभियानमै केन्द्रित छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.