मन्त्रीकाे लिष्टबाट संगीता मिश्राको नाम काटियो

Share this
772shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ६, सोमबार १४:०३

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री सिफारिस भएकी डाक्टर संगीता कौशल मिश्राको नाम मन्त्रीबाट फिर्ता भएको छ । प्रधानमन्त्री सुशीला कार्कीले उनको नाम फिर्ता गरेकी हुन् ।

आइतबार साँझ डा मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी प्रधानमन्त्री कार्कीले मिश्रामाथि भ्रष्टाचार मुद्दामा छानविन भइरहेको थाहा पाएपछि निर्णय होल्ड गरेर राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको मन्त्री नियुक्ति सिफारिसको फाइल फिर्ता मगाएकी थिइन् ।

सोमबार बिहान ७ बजे राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता पुगेको थियो ।

सोमबार नै अर्को फाइल पठाउँदा डाक्टर मिश्राको नाम हटेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री, मदन परियारलाई कृषि तथा पशुपक्षी विकास, जगदिश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रि र महावीर पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको शपथ गराउने तयारी भएको कार्यालय स्रोतले जानकारी दिएको छ ।

गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले २९ गते कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.