
काठमाडौं । नवनियुक्त चार मन्त्रीले शपथग्रहण गरेका छन् । राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारलाई मन्त्रीको शपथ गराएका हुन् ।
सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको जिम्मेवारी पाएका छन् ।
स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी डा. संगीता मिश्राको नाम भने अन्तिम समयमा काटिएकाे छ ।
मन्त्री थपिएसँगै प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रिमण्डलकाे संख्या ८ पुगेकाे छ ।
























