किताब बेच्दा-बेच्दै मन्त्रीकाे कुर्सीमा महावीर, मंगलबारबाट मन्त्रालयमै बास

Share this
702shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ६, सोमबार १९:११
mahabir

काठमाडौ । आफ्नाे आत्मकथा बिक्रीका लागि देश दाैडाहामा रहेका वैज्ञानिक महावीर पुन शिक्षामन्त्री बनेका छन् ।

राष्ट्रिय आविष्कार केन्द्रका लागि पैसा जुटाउन जिल्ला जिल्लामा किताब बेच्न हिँडिरहेका थिए ।

आफ्नै पुस्तक ‘महावीर पुन ः सम्झना, सपना र अविरल यात्रा’ बोकेर उनले ५२६ दिनमा ४५ वटा जिल्लामा २ लाख ४० हजार पुस्तक बेचेका छन् ।

साेमबार मन्त्री बनेका उनी मंगलबारदेखि मन्त्रालयमै बस्ने छन् । जेनजी आन्दोलनका क्रममा सिंहदरबारमा रहेको मन्त्रालय आगजनीबाट ध्वस्त भएपछि तत्कालका लागि मन्त्रालय केशरमहलमा सारिएको छ ।

शिक्षा मन्त्री पुनले मन्त्रालयभित्रै खाने र वस्ने व्यवस्था मिलाउन भनेपछि शिक्षा उपसचिव केदार कोइरालाले  मंगलबारदेखि नै मन्त्रालयभित्रै खाने र बस्नेको व्यवस्था मिलाइएको बताए । उनले भने, ‘मन्त्री ज्यूले मन्त्रालयमै बसेर काम गर्ने भने अनुसार भोलिबाटै खाने र बस्ने समेतको व्यवस्था केशरमहलमै हुन्छ ।’

सो क्रममा उनले वैज्ञानिक खोज तथा अनुसन्धानको विकासका लागि एक समिति बनाउने निर्णयमा हस्ताक्षर गरेको उपसचिव कोइरालाले जानकारी दिए ।   

यसअघि युवालाई ‘जे सुकै गर’ भन्ने सुझाव दिएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा मन्त्री पुनले आफ्नो विवेकले काम गर्न युवाहरूलाई भनेको बताए ।  

‘जे सुकै गर भनेर सुतिरहनु भनेको होइन क्या ।  जेसुकै गर, आफ्नो बुद्धिले गर, अर्काको झोला बोकेर नहिँड, चाहे आफ्नो लागि गर, समाजका लागि वा देशको लागि गरु भनेको हो ।’ उनले आफ्नो भनाइबारे प्रस्ट पारे ।  

‘शिक्षा ऐन कस्तो ऐन बनाएको हो, के गरेको हो, विज्ञहरूको टोली बनाउँछु, उहाँहरूले के कस्तो सल्लाह दिनुहुन्छ। विज्ञहरूको सल्लाहअनुसार निर्णय लिने हो,’  पद भारपछि मन्त्री पुनले भने ।  

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.