
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भोलि (बिहीबार) साँझ राष्ट्रको नाममा विशेष सम्बोधन गर्ने भएकी छन् ।
कार्कीले साँझ ६ बजे सम्बोधन गर्ने तय भएको छ । जेनजी आन्दोलनपछि भएको उथलपुथलसँगै कार्की भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी हुन् ।
उनले हालसम्म ७ जनालाई मन्त्री नियुक्त गरिसकेकी छन् । हाल कार्की नेतृत्वको मन्त्रिपरिषद् ८ सदस्यीय छ ।
























