एमालेले सार्वजनिक गर्यो आन्दोलनको क्षतिको विवरण

Share this
698shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ९, बिहीबार १०:३९

काठमाडौं । नेकपा (एमाले)ले हालैका आन्दोलनका क्रममा आफ्ना पार्टी कार्यालय तथा नेता कार्यकर्ताका निजी सम्पत्तिमा भएको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।

एमाले केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी महासचिव शंकर पोखरेलले देशभरका कार्यालय र घरव्यवसायमा ठूलो क्षति पुगेको जानकारी दिए । उनका अनुसार केन्द्रीय कार्यालय च्यासलसहित ६४ वटा पार्टी कार्यालयमा तोडफोड र आगजनी भएको प्रारम्भिक विवरण आएको छ ।

त्यस्तै १ सय ५८ भन्दा बढी नेता तथा कार्यकर्ताका निजी घर र व्यवसाय पनि क्षतिग्रस्त भएका छन् । महासचिव पोखरेलले धेरैजसो पार्टी कार्यालयमा सरसफाइ र मर्मतको काम सुरु भइसकेको बताए ।

उनले कार्यकर्ताहरू स्वयंसेवी भावनाका साथ क्षतिग्रस्त संरचना पुनःस्थापना गर्ने अभियानमा जुटेको उल्लेख गर्दै राष्ट्र, संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र, पार्टी र आन्दोलनको रक्षा गर्न एमाले पंक्ति पुनः संगठित हुँदै उठिरहेको दाबी गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.