विदेशबाट मतदान गर्न सक्ने सम्भावनाका बारेमा छलफल जारी : प्रधानमन्त्री

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ९, बिहीबार १८:२९

काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनमा देशबाहिरबाट पनि मतदान गर्न पाउने विषयमा छलफल भइरहेको प्रधानमन्त्री सुशीला कार्कीले बताएकी छन् ।

बिहीबार राष्ट्रको नाममा सम्बोधन गर्दै उनले रोजगारीको सिलसिलामा देशबारिह रहेका नेपालीलाई विदेशबाटै मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको बताएकी हुन् ।

वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकको मर्यादित रोजगारी तथा तीनका हकहितको संरक्षण एवं गैर नेपाली नागरिकले उठाएका संविधानसम्मत मागप्रति वर्तमान सरकार सकारात्मक रहेको उनले भनाई छ ।

‘प्रतिनिधिसभाको आगामी निर्वाचनमा उत्साहका साथ भाग लिन पनि उनले आग्रह गरेकी छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.