‘संविधान संशोधन वर्तमान सरकारको कार्यक्षेत्रमा पर्दैन’

Share this
753shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज ९, बिहीबार १८:३९

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारले संविधान संशोधन गर्न नसकिने बताएकी छन् । बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले वैधानिक प्रक्रियाबाट नै संविधान संशोधन गर्न सकिने बताएकी छिन् ।

संविधान संशोधन वर्तमान अन्तरिम सरकारको कार्यक्षेत्रभन्दा बाहिरको विषय रहेको उनको भनाई छ ।

जेनजी आन्दोलनको माग अनुसार संविधान संशोधन आगामी निर्वाचनबाट आउने संसद्ले गर्नेछ । उनले निर्वाचनमा सहभागी हुन जेनजी पुस्तालगायत सबै सरोकारवाललाई आग्रह पनि गरेकी छन् ।

राष्ट्रको नाममा सम्बोधन गर्दै उनले रोजगारीको सिलसिलामा देशबाहिर रहेका नेपालीलाई विदेशबाटै मतदान गर्नसक्ने सम्भावनाको बारेमा छलफल भइरहेको बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.