
काठमाडौं । अन्तरिम सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका तीन निकायलाई सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ ।
राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई विगतमा सम्बन्धित मन्त्रालयमातहत नै ल्याउने निर्णय गरेको हो ।
सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलका अनुसार राजश्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालय मातहत ल्याइएको छ ।
राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालय मातहत ल्याइएको छ ।
विस २०७४ को निर्वाचनमा एमाले र माओवादीले करिब दुई तिहाइ बहुमत ल्याएपछि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले यी तीन महत्वपूर्ण विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए । तीन विभागलाई प्रधानमन्त्री कार्यालय मातहत लगेपछि शक्ति केन्द्रीत गर्न खोजेको भन्दै ओलीको आलोचना भएको थियो ।
जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभागलाई सम्बन्धित मन्त्रालय मातहतमा फिर्ता पठाएको हो ।
























