
काठमाडौं । जेनजी आन्दोलनपछि आफूलाई प्रहारको निशाना बनाइएको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । उनले प्रतिशोधात्मक व्यवहार र उक्साउने गतिविधि देखिएको गुनासो पनि गरेका छन् ।
बिहीबार आफ्नै निवासमा प्रेस चौतारीका नेतालाई बोलााएर कुरा गर्दै उनले आफूले कहिल्यै भ्रष्टाचार नगरेको दाबी गरे ।
‘मलाई थाहा छ, मलाई अहिले प्रहारको निशाना बनाइएको छ,’ उनले भने,‘ के हो मेरो अपराध ? मैले भ्रष्टाचार गर्दिनँ र गरेको छैन । विकासको खाका कोर्न नेतृत्व गरेको हुँ ।’
देश त्रासमय बनेको बताउँदै उनले डराउनुपर्ने स्थिति आएकोमा चिन्ता व्यक्त गरे ।
























