
काठमाडौं । फागुन २१ गतेको निर्वाचन तयारीमा लाग्ने नेकपा माओवादी केन्द्रले निर्णय गरेको छ । बिहीबार र शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले चुनावको पक्षमा लाग्ने निर्णय गरेको हो ।
‘तोकिएकै मितिमा आम निर्वाचन सम्पन्न गराउन लाग्ने । निर्वाचनको तयारी महाधिवेशनको काम सँगसँगै गर्ने’ माओवादीको निर्णय छ ।
भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि प्रतिनिधिसभाबाट अर्को सरकार बन्ने वातावरण नरहेको भनेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।
























