
काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि सत्ताबाट बाहिरिएका नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सार्वजनिक कार्यक्रममा देखिएका छन् । शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा देखिएका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै उनले पासपोर्ट रोक्का गर्ने सरकारको तयारीबारे आपत्ति जनाए ।
सरकारले विभिन्न उच्च पदस्थहरूको पासपोर्ट रोक्का गर्ने तयारी अघि बढाएकोबारे ओलीले हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश नभाग्ने बताए ।
‘ अहिले म सुनिरहेको छु, सरकार विभिन्न प्रकारका हल्ला गरिरहेको छ,’ओलीले भने,‘पासपोर्ट रोक्ने ? के ठानेको छ ? यो हाहुको सरकारलाई देश जिम्मा लाइदिएर हामी विदेश भाग्छौं ?’
ओलीले आफ्नै नेतृत्वको दलले देश बनाउने र संवैधानिक र लोकतान्त्रिक मूल धारमा ल्याउने समेत जिकिर गरे । ‘हामीले यो देश बनाउनुपर्नेछ,’ उनले भने,‘फेरि पनि हामी यो देशलाई संवैधानिक, लोकतान्त्रिक मूल धारमा ल्याउँछौं ।’
























