
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक जारी छ ।
जेनजी आन्दोलनपछि भक्तपुरको गुन्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली बस्दै आएको निवासमा आइतबार बैठक सुरु भएको हो ।
जेनजी आन्दोलनपछि पहिलोपटक एमाले बैठक बसेको हो । बैठकमा आन्दोलनको समीक्षा, पार्टीको भावी रणनीतिमा छलफल हुने नेताहरूले जनाएका छन् ।
एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ठलगायतले पार्टी पुनर्गठनको माग गर्दै आएका छन् । सचिवालय बैठकमा सोहीअनुसार छलफल हुने भनाइ उनीहरूको छ ।
























