जेनजीका नाममा प्रतिशोधको राजनीति

Share this
824shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २१, मंगलबार १९:०६

काठमाडौं । जेनजी आन्दोलनपछि नेपालमा प्रतिशोधनको राजनीति सुरु भएको छ । भदौ २३ गते गते भएको आन्दोलनले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली सत्ताच्यूत भए । जेनजी आन्दोलनका बालमा सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ ।

नयाँ सरकार गठनपछि जेनजी आन्दोलनको  नेता भनिएका सुदन गुरुङसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन गृहमन्त्री रमेश लेखकविरुद्ध फौजदारी मुद्दामा कारवाहीको मागसहित जाहेरी लिएर प्रहरी समक्ष पुगेको छ ।  नेकपा एमाले निकट विद्यार्थी संगठन अखिलका नेताहरु पनि काठमाडौं महानगरपालिका प्रमुख बालेन साह र सुदन गुरुङविरुद्ध जाहेरी लिएर प्रहरी परिसर काठमाडौं पुगेको छ ।

प्रहरीले दुवै पक्षको जाहेरी दर्ता गरेको छैन ।

जाहेरी दर्ता गरे प्रतिशोधको राजनीति हुने भन्दै प्रहरीले जाहेरी दर्ता नगरेको हो । तर, जेनजी आन्दोलनको बलमा सत्तामा पुगेका गृहमन्त्री ओमप्रकाश अर्याल भने ओली र लेखकविरुद्ध जाहेरी दर्ता गर्ने पक्षमा छन् । प्रहरीले भने बालेनविरुद्ध पनि जाहेरी आए के गर्ने भन्दै गृहमन्त्री अर्यालको चाहाना पुरा गरेको छैन ।

जेन–जी प्रदर्शनमा भएको दमन र भोलीपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले फौजदारी कसुरमाथि अनुसन्धान गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने स्पष्ट पारेको छ ।

आयोगले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘फौजदारी कसूरमा संलग्न जोकोहीलाइ नेपाल सरकारका संयन्त्रहरुबाट तत्काल अनुसन्धान र कारबाही गर्न आयोगको प्रतिवेदन कुर्न नपर्ने व्यहोरा सूचित गरिएको छ ।’ आयोगको विज्ञप्तिले ली र लेखकविरुद्ध अनुसन्धान गर्न प्रहरीमाथि दबाव बढाएको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकविरुद्ध दिएको जाहेरी प्रहरीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगमा पठाएको छ । काठमाडौं प्रहरी परिररका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार, यस्तो जाहेरीको कार्यक्षेत्र जाँचबुझ आयोग हुने भएकाले त्यहाँ पठाइएको हो । अखिलले दिएको जाहेरी भने अध्ययनकै क्रममा रहेको प्रहरीले बताएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.