
काठमाडौं । संसद् पुनर्स्थापनाको माग लिएर अघि बढ्नुको विकल्प नभएको नेकपा एमालेका अध्यक्ष केपी ओलीले बताएका छन् । उनले देशलाई सही बाटोमा ल्याउन असंवैधानिक ढङ्गले विघटन गरिएको संसद् पुनर्स्थापना गर्नुपर्ने बताए । उनले कांग्रे पनि पुनस्थापनाकाे पक्षमा उभिने दाबी गरे ।
भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले तत्काल संसद् विघटन फिर्ता गर्ने माग लिएर अघि बढ्ने बताए ।
‘मलाई विश्वास छ, कांग्रेसले पनि यही बाटोमा आफूलाई उभ्याउनेछ। अरू पार्टीहरू पनि यही बाटोमा अघि बढ्छन्,’उनले भने,‘देशलाई लोकतान्त्रिक बाटोमा फर्काउन अरू बाटो छैन ।’
असंवैधानिक बाटोलाई समर्थन गरेर अघि बढे देश र संविधान अफ्ठेरोमा पर्ने उनको चेतावनी छ ।
























