कांग्रेस बैठक निष्कर्षमा पुगेन, भोलि फेरि बस्ने

Share this
741shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २३, बिहीबार १८:३४

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक विना निष्कर्ष टुंगिएको छ । बैठक भोलि पनि बस्ने छ ।

पार्टी कार्यालय सानेपामा सुरु भएको बैठकमा पूर्व पदाधिकारी र पदाधिकारीहरूले आफ्नो धारणा राख्ने क्रम नसकिएकाले भोलि पनि बस्ने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए ।

भोलि शुक्रबार दिउँसो १ बजे बैठक बस्नेछ ।

आगामी २६ गते बस्ने केन्द्रीय कार्यसमितिको पूर्ण बैठकबारे पनि आज छलफल गरिएको छ ।

पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा उपस्थित छैनन । उपसभापति पूर्णबहादुर खड्काले बैठकको अध्यक्षता गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.