एमालेकाे सचिवालय बैठक बस्दै, एकीकृत समाजवादीकाे पनि बस्ने

Share this
692shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २४, शुक्रबार ०६:३६

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्ने भएको छ ।

पार्टीको ५८औँ सचिवालय बैठक आज बस्न लागेको हाे ।

एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालय बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्नेछ । यसअघि, असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।

एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्नेछ ।

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक पनि आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

महासचिव घनश्याम भुसालका अनुसार, बैठकमा  समसामयिक परिस्थितिसहित विविध विषयमा छलफल हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.