सचिवालयमा एक्लिए ओली, आज पनि बैठक

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २५, शनिबार ०६:४७

काठमाडौं । नेकपा (एमाले)को सचिवालयमा अध्यक्ष केपी शर्मा ओली एक्लिएका छन्  । शुक्रबार सुरु भएको बैठकमा उनी एक्लिएका हुन् । बैठक आज पनि बस्नेछ  ।

गुन्डुमा शुक्रबार बसेको पार्टी सचिवालय बैठकको पहिलो दिन नेताहरूले पार्टी पुनर्गठनको विषय उठाउँदै अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए ।

बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले ओलीलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए ।

बैठकमा पार्टी पुनर्गठन, संसद् पुनस्र्थापना कि निर्वाचन भन्ने विषयमा नेताहरूले धारणा राखेका छन् । के गर्ने भन्ने निष्कर्ष भने निस्कसकेको छैन ।

आजको बैठकले पार्टीको अधिवेशनको मिति तय प्रस्ताव गर्ने सम्भावना छ । पार्टीको महाधिवेशन मंसिरको अन्तिममा वा पुसको सुरुमा हुने गरी बैठकले प्रस्ताव गर्ने सम्भावना छ । महाधिवेशनको मिति तोक्ने निर्णय केन्द्रीय कमिटीले गर्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.