कांग्रेस केन्द्रीय समिति बैठक सर्यो

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २५, शनिबार १९:२४

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक २ दिनपछि सरेको छ । बैठक असोज २६ गते आइतबारका लागि बोलाइएको थियो ।

त्यसलाई सारेर असोज २८ गते बैठक बोलाइएको छ । कार्यसम्पादन समितिको बैठक जारी रहेकाले केन्द्रीय समितिको बैठकको मिति सार्नु परेको कांग्रेस केन्द्रीय सदस्य श्याम घिमिरेले बताए ।

उनका अनुसार कार्यसम्पादन समितिका सदस्यहरूको बोल्ने क्रम सकिएको छ । तर, केन्द्रीय समितिमा पेस गर्ने एजेण्डा बारे निर्णय लिन आइतबार पनि कार्यसम्पादन समितिको बैठक बस्ने भएपछि केन्द्रीय समिति बैठक सार्नु परेको उनको भनाइ छ ।

शीर्ष नेताको बुधबारदेखि बोलाइएको बैठकमा शुक्रबारदेखि कार्यसम्पादन समितिका सदस्यलाई पनि डाकिएको थियो । शुक्रबार र शनिबार गरेर कार्यसम्पादन समितिका सदस्यले बोल्ने क्रम सकिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.