जनमत पार्टी फुट्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन २६, आइतबार १९:५८

काठमाडौं । सीके (चन्द्रकान्त) राउत नेतृत्वको जनमत पार्टी फुटेको छ । उक्त दलबाट अलग भएकाहरूले नयाँ दल दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

जनमतका उपाध्यक्ष दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ताका लागि निवेदन परेको हो । साह नेतृत्वको नयाँ पार्टीमा जनमत पार्टीका १५ जना कार्यकारिणी समिति सदस्य रहेको बताइएको छ ।

Advertisement

५२ जना कार्यकारिणी रहेको जनमतबाट १५ जना अलग भएर नयाँ राजनीतिक पार्टी दर्ता प्रक्रिया अगाडि बढाइएको नेताहरुले बताए । निवेदन परेसँगै आयोगले प्रक्रिया अघि बढाएको छ ।

जनमतका अध्यक्ष राउतले नेताहरुलाई अनेक आरोप लगाएर पार्टीबाट स्पष्टीकरण सोध्ने र निकाला गर्ने गर्दै आएका थिए । निलम्बन र बर्खास्तमा परेकाहरुले मिलेर नयाँ दल खोलेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
आयोजकलाई हराउँदै सहलेसले जित्यो पथरीशनिश्चरे गोल्डकपको उपाधि 
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
झापा महिला गोल्डकपको उपाधिमा पुलिस र एपीएफको दाबी
वर्षा प्रभावित किसानलाई सहयाेग गर्न प्रदेश सरकारसँग हारगुहार
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
विराटनगर जेसीज सप्ताह सम्पन्न, पाठक र शर्मा सम्मानित
नक्कली भुटानी शरणार्थी ठगी प्रकरणका एक फरार प्रतिवादी पक्राउ
कक्षा १२ को पूरक परीक्षाको नतिजा प्रकाशित, ७३.४१ प्रतिशत विद्यार्थी उत्तीर्ण
जापानको तटीय क्षेत्रमा शक्तिशाली भूकम्प
जेनजी आन्दोलन खोसाखोस माइतीघरबाटै सुरु भयोः ओली
‘स्वर्णबिन्दु प्राशन’ का अभियान : विराटनगरमा स्वयंसेविकालाई तालिम
चौपायालाई खोरेतमुक्त बनाउने अभियान कोशी प्रदेशभरि विस्तार गरिँदै
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.