जनमत पार्टी फुट्यो

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन २६, आइतबार १९:५८

काठमाडौं । सीके (चन्द्रकान्त) राउत नेतृत्वको जनमत पार्टी फुटेको छ । उक्त दलबाट अलग भएकाहरूले नयाँ दल दर्ता प्रक्रियाका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

जनमतका उपाध्यक्ष दीपक साहको नेतृत्वमा जनस्वराज पार्टी दर्ताका लागि निवेदन परेको हो । साह नेतृत्वको नयाँ पार्टीमा जनमत पार्टीका १५ जना कार्यकारिणी समिति सदस्य रहेको बताइएको छ ।

Advertisement

५२ जना कार्यकारिणी रहेको जनमतबाट १५ जना अलग भएर नयाँ राजनीतिक पार्टी दर्ता प्रक्रिया अगाडि बढाइएको नेताहरुले बताए । निवेदन परेसँगै आयोगले प्रक्रिया अघि बढाएको छ ।

जनमतका अध्यक्ष राउतले नेताहरुलाई अनेक आरोप लगाएर पार्टीबाट स्पष्टीकरण सोध्ने र निकाला गर्ने गर्दै आएका थिए । निलम्बन र बर्खास्तमा परेकाहरुले मिलेर नयाँ दल खोलेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×