
काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा पुनर्स्थापना माग गरेको छ ।
आइतबार बसेको सचिवालय बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोतान्त्रिक ठहर गर्दै पुनर्स्थापनाको माग गरेको हो । “विघटन नै असंवैधानिक भएकाले पुनर्स्थापना हुनुपर्छ,” बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनले सरकारले फागुन २१ गते तोकेको प्रतिनिधिसभाको चुनाव गर्ने विश्वासनीय आधार नभएको बताए ।
अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले मंसिर अन्तिममा महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार, मिति र स्थान केन्द्रीय कमिटीले तय गर्नेछ ।

























