
काठमाडौं । जेनजी आन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ ।
बैठकको मुल एजेन्डा भने पार्टीको महाधिवेशन बनेको छ । विशेष महाधिवेशन गर्ने कि नियमित गर्ने भन्ने विवाद पार्टी भित्र छ ।
महामन्त्रीद्वयले विशेष महाधिवेशनबाट नेतृत्व परिवर्तन गर्ने प्रस्तावसहित हस्ताक्षर संकलन गरेका छन् ।
आजको बैठकमा पनि बैठकअघि नै विशेष महाधिवेशनको मागसहित महाधिवेशन प्रतिनिधिका हस्ताक्षर बुझाएर केन्द्रीय समिति बैठकबाट निर्णय गराउने पक्षमा महामन्त्री देखिएका छन् ।
























