कांग्रेस महाधिवेशन मागको प्रस्ताव आज दर्ता गर्ने तयारी

Share this
670shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असोज २९, बुधबार ०८:३३

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन माग गर्दै संकलित हस्ताक्षरसहितको प्रस्ताव दर्ता आज हुने भएको छ । करिब ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहितको प्रस्ताव दर्ता आज दिउँसो ३ बजे  दर्ता गर्ने तयारी छ ।

मंगलबार बिहान १० बजे नै दर्ता गर्ने भनिएको प्रस्ताव सभापति शेरबहादुर देउवाको सम्बोधनपछि गर्ने भन्दै रोकिएको थियो  ।

बैठकमा सभापति देउवाले कार्यवाहक पूर्णबहादुर खड्कालाई तोकेर बाहिरिएका थिए ।

प्रस्ताव दर्ताका लागि कार्यवाहक सभापति पूर्णबहादुर खड्कासमक्ष पेस भएकोमा खड्का त्यहाँबाट बाहिरिएपछि कार्यालय नफर्किएका कारण दर्ता सरेको केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.