
काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ ।
बुधबारबाट ललितपुरको भनिमण्डलको रामबाघ महलमा सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि बस्नेछ छ ।
बुधबार ५० जनाले धारणा राखेका थिए । आज पनि केन्द्रीय सदस्यले बाेल्ने छन् ।
केन्द्रीय सदस्यलाई बोल्नका लागि बैठकमा तीन मिनेटको समय दिइएको छ ।
बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा जानुपर्ने मत राखेका छन् ।
























