
विराटनगर । बुद्ध एयरका सञ्चालक वीरेन्द्र बस्नेत राजनीतिमा प्रवेश गरेका छन् । ‘गतिशील लोकतान्त्रिक पार्टी’ गठन गरेका हुन् ।
उनी आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य पदमा चुनाव लड्ने तयारी गरेका छन् । पार्टीका अध्यक्ष तथा समाजशास्त्री दिनेश प्रसाईंका अनुसार, बस्नेतलाई मोरङ–३ बाट उम्मेदवार बनाउने तयारी छ ।
२०७९ सालकाे निर्वाचनमा माेरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका नेता डाक्टर सुनिल शर्मा विजयी भएका थिए । आगामी चुनावमा पनि उनी उम्मेदवार बन्ने तयारीमा छन् ।
अध्यक्ष प्रसाईंका अनुसार ‘गतिशील लोकतान्त्रिक पार्टी’कुनै पनि दलसँग गठबन्धन नगरी आफ्नै एजेन्डामा आधारित भएर राजनीति गर्न स्थापना भएको हो ।
























