नेपालले सामोआलाई दियो विशाल लक्ष्य

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ आश्विन ३१, शुक्रबार १७:५३

काठमाडौं । नेपालले आईसीसी टी– २० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा सामोआलाई विशाल लक्ष्य दिएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ४ विकेट गुमाएर २११ रन बनाएको हो । आसिफ शेख र दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाए । आसिफले ४१ बलमा ७ चौका र ४ छक्कासहित ६९ रन बनाए । दीपेन्द्रले २ चौका र ४ छक्कासहित ५३ रन बनाए ।

Advertisement

लोकेश बमले ११ बलमा ३९ रन बनाए । रोहित पौडेल २१ रनमा अविजित रहे । कुशल भुर्तेलले १७ रन बनाए ।

सामोआका लागि डानियल बर्गस, साउमानी ताइ, डारियस भिसर र नोआह मिडले १–१ विकेट लिए ।

प्रतियोगितामा हालसम्म अपराजित रहेको नेपालले सामोआलाई हराए ११ वर्षपछि आईसीसीको प्रतियोगिताको ट्रफी जित्नेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.