
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहालकी छोरी गंगा दाहालले सचिवालयबाट राजीनामा दिएकी छिन् ।
सोमबार गंगाले सामाजिक सञ्जालमार्फत एक लामो स्टाटस लेख्दै आफूले सचिवालयबाट राजीनामा दिएको घोषणा गरेकी हुन् ।
उनले आफूलाई देखाएर निरन्तर बुबा ‘प्रचण्ड’ र समग्र माओवादी केन्द्रमाथि योजनाबद्ध रूपमा प्रहार भइरहेको आरोप लगाउँदै त्यस्तो परिस्थितिमा सचिवालयमा रहिरहन उपयुक्त नठानेको बताएकी छन् ।
‘निरन्तर मलाई देखाएर माओवादी केन्द्रका संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनाबद्ध प्रहार भइरहेका कारणले गर्दा मैले सचिवालयको संयोजकबाट राजीनामा दिएकी छु,’ उनले लेखेकी छन्।
उनले आफू पार्टीमा जिम्मेवार कार्यकर्ता भएर पार्टीप्रति आफ्नो निष्ठा कायम रहने गरी क्रियाशील रहने बताएकी छन् । सचिवालयको जिम्मेवारीबाट बाहिरिए पनि म पार्टीकी जिम्मेवार कार्यकर्ता भएर आजीवन रूपमा क्रियाशील रहने स्टाटसमा लेखेकी छन् ।

























