निर्वाचनबारे दलहरूसँग छलफल गर्दै प्रधानमन्त्री कार्की

Share this
806shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ४, मंगलबार ०९:१६

काठमाडौं । निर्वाचन तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आज (मंगलबार) राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे छलफल गर्ने तयारी गरिएको हो । छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा लगायत दलका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत भदौ २३ र २४ को जेनजी युवा आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भदौ २७ गते गठन भएको थियो । सो सरकारले आगामी फागुन २१ गते आम निर्वाचन गराउने घोषणा गरेको छ ।

पुराना दलहरुप्रति कडा रबैया अपनाएको र चुनावको वातावरण बिथोल्न खोजेको आरोप लागेका बेला प्रधानमन्त्री कार्कीले दलका नेताहरुसँग छलफल गर्न लागेकी हुन् । यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्कीको समेत उपस्थितिमा दलहरुसँग छलफल गरेका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.