सरकारमा थपिँदै चार मन्त्री, शपथ आजै

Share this
680shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ९, आइतबार ०९:५२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् ।

सात सदस्यीय मन्त्रिपरिषदमा चार जना थप गर्ने तयारी गरेकी हुन् ।

स्रोतका अनुसार डाक्टर सुधा गौतमलाई स्वास्थ्य, गणपतिलाल श्रेष्ठलाई पर्यटन, खगेन्द्र सुनारलाई श्रम र  बब्लु गुप्तालाई खेलकुद मन्त्री बनाउने तयारी छ ।

उनीहरुको नाम राष्ट्रपति कार्यालयमा सिफारिस गरिएको र आजै शपथको तयारी गरिएको स्रोतले बताएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.