जेनजी मन्त्रीको पहिलो निर्णय : बैठक लाइभ गर्ने

Share this
759shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक ९, आइतबार १७:३७

काठमाडौं । अन्तरिम सरकारका नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् । आइतबार मन्त्री नियुक्त भएपछि मन्त्रालय पुगेर पदभार ग्रहण गरेका हुन् ।

जेनजी आन्दोलनपछि बनेको सरकारमा जेनजी उमेर समूहबाट मन्त्री बनेका गुप्ताले मन्त्रालय मातहतका सबै निकायको बैठक लाइभ गर्ने पहिलो निर्णय गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा गुप्तालाई आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्ती गरेपछि शपथ ग्रहण गराएका थिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.