केही दिनभित्र कोशी मन्त्रिपरिषद् हेरफेर : शेरधन राई

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १२, बुधबार १२:४१

विराटनगर । कोशी प्रदेश सरकारमा केही दिनभित्रै फेरबदल हुने भएको छ । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले यही साताभित्र प्रदेश मन्त्रिपरिषद्मा हेरफेर हुने दाबी गरेका छन् ।

आज (बुधबार) विराटनगरमा आयोजित एक कार्यक्रममा बोल्दै पूर्व मुख्यमन्त्रीसमेत रहेका राईले गठबन्धनको मुख्य साझेदार नेपाली कांग्रेससँग मन्त्रिपरिषद् हेरफेरबारे छलफल अन्तिम चरणमा पुगेको बताएका हुन् ।

उनले कोशी सरकारमा सत्ता सन्तुलन मिलाउन र कार्यशैलीमा सुधार ल्याउन मन्त्रिपरिषद् हेरफेर अपरिहार्य रहेको सङ्केत दिएका छन् । एमाले नेता राईको यो भनाइले वर्तमान प्रदेश सरकारमा महत्त्वपूर्ण राजनीतिक बदलाव आउने सम्भावना देखिएको छ ।

प्रदेश सरकारमा कुन कुन मन्त्री बाहिरिन्छन् र कसले नयाँ जिम्मेवारी पाउँछन् भन्नेबारे भने औपचारिक जानकारी आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.