
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी निर्वाचन अगावै नियमित महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
शुक्रबार नेता डा. शेखर कोइरालाको विशाल नगरस्थित सम्पर्क कार्यालयमा बसेको इतर समूहको बैठकमा पार्टीभित्र देखिएको गतिरोध अन्त्य गरी नियमित महाधिवेशनको कार्य तालिका ल्याउने विषयमा छलफल गरेका छ ।
महाधिवेशनको मितिका विषयमा पार्टीभित्रको विवाद पेचिलो बनेका बेला उनीहरूले छलफल गरेका हुन् ।
इतर समूहको बैठकले २१ फागुनको निर्वाचन अगावै पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको बताइएको छ ।
महाधिवेशन ढिलोमा पुस मसान्तभित्र गरिसक्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको छ ।
इतर समूहले आगामी पुस १६ गते महाधिवेशन सम्पन्न गर्ने गरी कार्य तालिका बनाउन र आजको बैठकमा पेस गर्न महामन्त्री द्वय जिम्मा दिएको छ ।
कोइरालाको सम्पर्क कार्यालयमा उपसभापति धनराज गुरुङ, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री द्वय जीवन परियार र बद्री पाण्डे र केही केन्द्रीय सदस्यहरूबीच छलफल भएको छ ।
























