एमाले महाधिवेशन तयारीका लागि सचिवालय बैठक बस्दै

Share this
764shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १५, शनिबार ०९:२९

काठमाडौँ। नेकपा (एमाले) को ११ औँ महाधिवेशनको तयारीका सम्बन्धमा औपचारिक छलफल गर्नका लागि आज (शनिबार) सचिवालय बैठक बस्दैछ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुण्डुमा बिहान ११ बजेका लागि बैठक आयोजना गरिएको केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए।

अधिकारीका अनुसार बैठकको मुख्य एजेन्डा मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा हुने महाधिवेशनको तयारीको समीक्षा गर्नु हो। उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सचिव पद्मा अर्यालले पोखरामा भइरहेको वस्तुस्थितिका बारेमा बैठकमा रिपोर्टिङ गर्ने तयारी छ।

बैठकमा महाधिवेशनको कार्यतालिका, प्रतिनिधि सङ्ख्या, प्रतिनिधि छनोटको आधार लगायतका महत्त्वपूर्ण विषयमा छलफल हुनेछ। साथै, महाधिवेशनको तयारीका लागि विभिन्न नेताहरूलाई जिम्मेवारी तोक्ने सम्भावना पनि छ।

महाधिवेशनको तयारीसँगै बैठकले सरकारले फागुन २१ गते गर्ने भनेको निर्वाचन तथा पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल गर्ने जनाइएको छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.