फाइल फाेटाेकाठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गराएपछि असन्तुष्ट बनेको समूहले छुट्टै भेला बोलाएका छन् । काठमाडौंको सुकेधारामा असन्तुष्ट पक्षका नेताहरूले छुट्टै भेला बोलाएका हुन् ।
पार्टी एकताको निर्णयविरुद्ध सम्मानित नेता झलनाथ खनाल लगायतका नेताहरूले असन्तुष्ट छन् । खनालले नयाँ दल गठन गर्ने घोषणा गरिसकेका छन् ।
भेलामा नेता खनालसँगै घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल, स्थायी कमिटी सदस्य विजय पौडेल, रामकुमारी झांक्री, जीवनराम श्रेष्ठ, अशेष घिमिरे, दामोदर अर्याल, नरेश शाही, लक्ष्मण लम्साल, आरती लामालगायत सहभागी छन् ।
























