एमाले महाधिवेशन काठमाडौंमै हुने

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १५, शनिबार १८:१७

काठमाडौं । नेकपा (एमाले) को एघारौं महाधिवेशन काठमाडौंमा हुने भएको छ । यसअघि पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको एमालेले अब काठमाडौंमा महाधिवेशन गर्ने भएको हो ।

आज (शनिबार) अध्यक्ष केपी शर्मा ओलीको निवास गुन्डुमा बसेको सचिवालय बैठकले महाधिवेशनस्थल परिवर्तन गर्ने निर्णय गरेको
उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार, मंसिरमा तय भएको महाधिवेशन काठमाडौंमै गर्ने निर्णय भएको छ । यसअघि एघारौं महाधिवेशन दशौं केन्द्रीय कमिटीको बैठकबाट मंसिर २७ देखि २९ सम्म गर्ने निर्णय गरेको उल्लेख गर्दै ज्ञवालीले महाधिवेशनको स्थल भने परिवर्तन गरिएको बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.