माओवादी केन्द्रको ‘पार्टी एकतासम्बन्धी प्रस्ताव’ पारित

Share this
771shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १८, मंगलबार १४:५९

काठमाडौँ। नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको छ ।

पार्टी एकताको प्रक्रियालाई अगाडि बढाउन यो प्रस्ताव पारित गरिएको हो । प्रज्ञा भवन, कमलादीमा बसेको महाधिवेशन आयोजक समितिको अन्तिम बैठकमा नेता नारायणकाजी श्रेष्ठले महाधिवेशन आयोजक समितिका तर्फबाट एकतासम्बन्धी प्रस्ताव पेस गरेका थिए ।

श्रेष्ठको प्रस्तावलाई समिति सदस्यहरूले ताली बजाएर सर्वसम्मतिले पारित गरे । नेता श्रेष्ठले पार्टीलाई अझ बलियो बनाउँदै ‘जेनजी पुस्ताको भावना’ समेत समेटेर अघि बढ्ने बताएका छन् । माओवादी केन्द्रले बुधबार नेकपा एकीकृत समाजवादी लगायतका दलहरूसँग एकता गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.