मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले दिए राजीनामा

Share this
704shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २२, शनिबार १८:२०

विराटनगर । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएका छन्। उनले केहीबेर अघि प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलसमक्ष राजीनामा बुझाएका हुन् । प्रदेश सभामा विश्वासको मत लिन नसक्ने अवस्था बनेपछि उनले संवैधानिक प्रक्रिया अनुरूप राजीनामा दिएका हुन् ।

विश्वासको मत लिनका लागि आज (शनिबार) मधेश प्रदेश सभाको बैठक बसेको थियो । तर, बैठकको क्रममा मुख्यमन्त्री सोनलले विश्वासको मत नपाउने निश्चित भएपछि उनी प्रदेश सभा बैठकबाट बाहिरिएका थिए ।

बैठक १० मिनेटका लागि स्थगित गरिए पनि डेढ घण्टा बित्दासम्म सुचारु नभएपछि लोसपा नेता सोनलले सभामुखलाई राजीनामापत्र बुझाएका हुन् । सोनल संविधानको धारा १६८ को उपधारा २ बमोजिम गत असोज २९ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनले ६ दलको समर्थनमा ५७ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.