एकीकृत समाजवादीको असन्तुष्ट समूहले घनश्यामलाई तोक्यो संयोजक

Share this
747shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २३, आइतबार ०८:३१

काठमाडौं । एकताप्रति असहमति जनाएका नेकपा एकीकृत समाजवादीका नेताहरुले घनश्याम भूसाललाई संयोजक तोकेको छ । भूसाल महासचिवको जिम्मेवारीमा थिए ।

शनिबार एकीकृत समाजवादीका ६७ केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले पार्टी पुनर्गठन गर्दै तत्कालीन महासचिव भूसाललाई संयोजक तोकेको हो ।

बैठकले मंसिर पहिलो हप्ता राष्ट्रिय भेला आयोजना गर्ने निर्णय पनि गरेको छ ।

अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनालसहितको टोलीले नेकपा माओवादी केन्द्रसँग एकता गरे पनि महासचिव भूसाललगायतले एकतामा विमति जनाएका थिए ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.