
विराटनगर । प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै नेकपा एमालेले मोटरसाइकल र्याली निकालेको छ । मंगलबार नेकपा एमालेको विराटनगर महानगर कमिटीले मोटरसाइकल र्याली निकालेको हो ।
केन्द्रीय सर्कुलर अनुसार आज विभिन्न एमालेको विभिन्न पालिका कमिटीले मोटरसाइकल र्याली निकालेका थिए ।
जेन्जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा विघटन गर्दै फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेकी थिइन् ।
नेकपा एमालेले प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै आन्दोलन गरिरहेको छ । जेन्जी आन्दोलनको मागलाई सम्बोधन गर्नका लागि प्रतिनिधिसभा पुनर्स्थापना आवश्यक रहेकोले नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले जानकारी दिए ।
नेकपा एमालेको विराटनगर पाञ्चालीमा रहेको एमाले पार्टी कार्यालयबाट सुरु भएको मोटरसाइकल र्याली बजार क्षेत्र हुँदै पुष्पलाल चाेकमा पुगेर काेणसभामा परिणत भएको थियो । काेणसभालाई नेकपा एमालेका उपाध्यक्षा गुरु बराल, विनाेद ढकाल र पर्शुराम बस्नेतले सम्बाेधन गरेका थिए ।
























