वामदेव गौतमको एकीकरण अभियान खारेज

Share this
679shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २६, बुधबार १०:५९

काठमाडौं । वामदेव गौतमकाे नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टी एकीकरण अभियान पार्टी खारेज भएको छ ।  गौतमको निवेदनपछि निर्वाचन आयोगले उक्त पार्टी खारेज गरेको हो ।

नेकपा एकीकृत समाजवादी हुँदै नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएपछि गौतमले पार्टी खारेजको निवेदन आयोगमा दिएका थिए ।

आयोगले नागरिक उन्मुक्ति पार्टी, नेपाल आयोगमा दर्ता भएको पनि जानकारी दिएको छ ।

आयोगमा दर्ता भएका कुल दलको सङ्ख्या १२५ कायम भएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.