
विराटनगर । कोशी प्रदेशसभाको सचिवमा सुदर्शन खड्काले शपथग्रहण गरेका छन् ।
प्रदेशका सभामुख अम्बरबहादुर विष्टले बुधबार शपथग्रहण गराएका हुन् । सभामुखको सिफारिसमा बुधबार नै प्रदेश प्रमुखले खड्कालाई प्रदेशसभा सचिव नियुक्त गरेका थिए ।
तत्कालीन सचिव गोपाल पराजुली भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि गत माघदेखि प्रदेशसभा सचिव रिक्त थियो ।
























